मन्त्री झाँक्रीद्वारा उपभोक्ता समितिमार्फत हुने खरिद सम्झौतामा रोक

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेकी छन् । मन्त्री झाँक्रीले मन्त्रीस्तरिय निर्णय गर्दै खरिद कार्यहरू तत्कालका लागि रोकेकी हुन् ।

उपभोक्ता समितिमार्फत खरिद कार्यहरू गर्दा अनियमिततालगायतका समस्याहरू देखिएको भन्दै मन्त्री झाँक्रीले यसलाई रोकेकी हुन् । नियमविपरीत काम हुने, काममा ढिलासुस्ती हुने, गुणस्तरीय काम नहुने, अनियमितता बढ्नेलगायतका समस्या देखाउँदै मन्त्री झाँक्रीले यो निर्णय गरेकी हुन् ।

यस्तै मन्त्रालयको सहसचिवको नेतृत्वमा ‘उपभोक्ता समितिको काम कसरी भएको छ ?’ भन्ने विषयको अध्ययन गर्ने समितिसमेत बनेको छ । उक्त समितिको प्रतिवेदनको आधारमा उपभोक्ता समितिको कामकारबाही व्यवस्थित बनाउँदै लाने मन्त्री झाँक्रीले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =