अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु

भारत । मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेकाे कमला नेहरु चिकित्सालयमा साेमबार आगलागी हुँदा ४ बालबालिकाको ज्यान गएको छ । अस्पतालमा रहेका ४० बालबालिकामध्ये ३६ जनाको सकुशल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ  । यस्तै घटनाबारे थप अनुसन्धान गर्न मुख्यमन्त्री शिवराज सिंह चौहानले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =