जेब्राक्रसमा गाडीको ठक्करले बालकको मृत्यु, गाडी फरार
२०७८ कार्तिक २२ गते

पोखरा । पोखराको गणतन्त्र चोकमा गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । जेब्रा क्रसमै हिँडिरहेका बालकलाई गाडीले ठक्कर दिएर भागेको हो ।
दुर्घटनामा तनहुँ घर भई हाल पोखरा-५ बस्दै आएका १४ वर्षीय शुभम खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको पहिचान भएको छैन ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको पश्चिमाञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी पोखरास्थित शान्ति निकेतन स्कुलको कक्षा पाँचमा अध्ययनरत थिए ।
२०७८ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








