सर्वोच्चको विवाद : कुमार चुँडाल बसे इजलासमा, अरु न्यायाधीश छलफलमा
२०७८ कार्तिक २२ गते

काठमाडाैँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले चलाखीपूर्ण तरिकाले इजलास तोकेको भन्दै न्यायाधीशहरू छलफलमा जुटेका बेला न्यायाधीश कुमार चुँडालले भने सुनुवाइपछि आदेश दिएका छन् ।
चुडालले एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरी ‘कारण देखाउ’ आदेश जारी गरेका छन् । उनको प्रधान न्यायाधीश जबरासँग संयुक्त इजलासमा पनि पेसी ताेकिएकाे छ । उनीबाहेकका न्यायाधीश इजलासमा बसेका छैनन् । उनीहरू छलफलमा जुटेका छन् ।
प्रधान न्यायाधीश जबराले सोमबार आफूलाई समेत गरेर छ वटा इजलास तोकेका हुन् ।
२०७८ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








