५६३ जना संक्रमणमुक्त हुँदा १४३ मात्रै थपिए संक्रमित
थप ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १,९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु हुँदा थप ५६३ जनाले स्वास्थ्यलाभ गरेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ ।
आइतबार ९ जनाको मृत्यु भएसँगै नेपालको कूल मृतकको संख्या ११,४४८ पुगेको छ । यस्तै ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७,७१३ जना रहेका छन् । जसमध्ये ७,१२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयकाअनुसार सबैभन्दा धेरै काठमाडौँमा जिल्लामा संक्रमितहरू छन् । यहाँ ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।








