राष्ट्रपतिकाे भाइटीका (तस्बिरहरू)
२०७८ कार्तिक २० गते

|भाइ डेगेन्द्रलाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: रासस|
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको उत्तम साइत पारेर आफ्नो कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन् । शनिवार बिहान ११ बजेर २ मिनेट जाँदा राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले भाइलाई टीका लगाइदिएर आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले भाइलाई नेपाली ढाकाटोपी लगाइदिइन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर दिदी [राष्ट्रपति] बाट आशीर्वाद लिए ।
राष्ट्रपति भण्डारीले भाइसँगै बहिनी तथा नरनाताहरूलाई समेत टीका लगाइदिइन् ।
तस्बिरहरू:








|तस्बिरहरू: रत्न श्रेष्ठ/रासस|
२०७८ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








