रेडियो काठमाण्डु अब एक हजार वाटमा

काठमाडौँ । रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले प्रसारण क्षमता बढाएर एक हजार वाट पुर्‍याएकाे छ । ५ वर्षदेखि प्रसारणमा रहेको रेडियोको प्रसारण क्षमता एक हजार वाट पुर्‍याएसँगै स्रोतामाझ अझै परिष्कृत ढंगमा र स्पष्ट रूपमा सुनिने बनाउन सहयोग पुगेको रेडियो सञ्चालक संस्था हाम्रो ब्रोडकास्टिङ कम्पनीका अध्यक्ष यूपी लामिछानेले बताए ।

रेडियोले प्रत्येक घण्टा समाचारका साथै सूचनामूलकऽ शिक्षामूलकऽ मनोरञ्जनात्मक तथा विभिन्न भाषाभाषीका कार्यक्रम प्रसारण गर्दै आएको र रेडियो काठमाण्डुले उत्पादन गरेका कतिपय कार्यक्रम देशरभरका सयभन्दा बढी रेडियोहरूबाट प्रसारण हुँदै आएको पनि अध्यक्ष लामिछानेले जानकारी दिएका छन् ।

कार्यक्रमहरूलाई अझै बढी परिष्कृत र स्रोतामैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *