जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैँ । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *