झिलिमिली उपत्यका (तस्बिरहरू)

काठमाडौँ । तिहार अर्थात् उज्यालो पर्व । तिहारलाई उज्यालो पर्व पनि भन्ने गरिन्छ । दियोसँगै विभिन्न खाले बत्तीहरूले तिहारको रौनकता अझै बढाइदिन्छ । अझ रमाइलो बनाइदिन्छ ।

आज यमपञ्चकको तेस्रो दिन । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी देशभर तिहार मनाइँदैछ । यमपञ्चकको पहिलो दिन काग तिहार हुँदै शुरू भएको तिहार अन्तिम दिन भाइटीकासम्म गएर टुङ्गिन्छ । यसबीचमा मानिसहरूले आ-आफ्नो गच्छे र सामाजिक परम्पराअनुरूपको तिहार मनाउँछन् ।

तिहारमा खासगरी घरलाई विशेष रूपमा सिँगारिन्छ । विभिन्न फूलसँगै बत्तीको झिलिमिलीले घरलाई जाज्वल्य बनाइदिन्छ । यसले तिहारलाई अझ तिहारजस्तो बनाइदिन्छ ।

दशक अघिसम्म माटाको पाला तथा केराको सुत्लामा बत्ती बालेर धुमधामका साथ तिहार मनाइन्थ्यो । तर, अहिले समयसँगै तिहार मनाउने प्रवृत्तिसमेत फेरिएको छ । अहिले तिहारलाई उज्यालो पर्व बनाउन विद्युतीय बत्तीको प्रयोग गरिन्छ । यसको झिलिमिलीले तिहारलाई अझै रमाइलो बनाइदिन्छ ।

झनै लोडसेडिङ्ग हटेसँगै काठमाडौँ उपत्यकावासीको तिहार थप रमाइलो बन्ने गरेको छ । प्रस्तुत छ, उपत्यकाका विभिन्न स्थानहरूबाट लिइएको तस्बिरहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *