‘शहजादा’ मा कार्तिकको यति धेरै पारिश्रमिक !

एजेन्सी । बलिउड सुपरस्टार कार्तिक आर्यन साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत सुपरहिट चलचित्र ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा मुख्य भूमिकामा देखिँदैछन् ।

चलचित्रमा उनको अपोजिटमा कृति सेनन फाइनल भएकी छन् । कार्तिक र कृतिले आउँदो २५ अक्टोबरबाट चलचित्रको छायांकन शुरु गर्नेछन् ।

भारतीय संचार माध्यमका अनुसार कार्तिकले यो चलचित्रका लागि भारतीय २१ करोड रुपैया लिएर अनुबन्धित भएका हुन् । रोहित धवनले निर्देशन गर्ने चलचित्र ४ नोभेम्बर २०२२ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *