युट्युबमा अनुपको चलचित्र ‘पुरानो बुलेट’ (भिडिओ)

काठमाडौँ । तिहारको छेको पारेर चलचित्र ‘पुरानो बुलेट’ युट्युव मार्फत सार्वजनिक भएको छ । तिहारमा रमाउन चाहने दर्शकलाई मध्यनजर गरेर यो समयमा चलचित्र सार्वजनिक गरेको निर्देशक भिषण राईले बताएका छन् ।

यस अघि चलचित्र हलसंगै डिसहोममा समेत सार्वजनिक भैसकेको थियो । चलचित्र हलमा २०७५ चैत्र १ गते प्रदर्शन भएको हो । चलचित्रमा कलाकारहरु अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, शिव मुखिया लगायतको अभिनय रहेको छ ।

चलचित्रमा अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बू संयुक्त रुपमा लगानी गरेका छन् । हरि घले लामाले खिचेको चलचित्र सन्तोष राई र भीषण राईले कथा लेखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *