देउसी भैलो खेल्न समय सीमा तोकेकोमा दिपकराजको आक्रोश

काठमाडौँ । यस वर्षको तिहार सुरु भइसक्दा केही सामाजिक सञ्जाल प्रयोगकर्ता असन्तुष्ट देखिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म तोके लगत्तै सञ्जाल प्रयोगकर्ताले विरोध गर्न थालेका हुन् ।

उनीहरूले कुनै दिन हिन्दु धर्म र नेपाली संस्कृति नै पो लोप हुने हो की भन्ने शङ्का व्यक्त गरेका छन् । एउटा पोस्ट धेरै सञ्जाल प्रयोगकर्ताले कपि पेस्ट गर्दै गर्दा उक्त पोस्ट भाइरल बन्न पुगेको छ ।

पोस्ट यस्तो छ ।

यही विषयप्रति कलाकार दीपकराज गिरीले कटाक्ष गरेका छन् । उनी समेत जिल्ला प्रशासन कार्यालयको निर्णयप्रति असन्तुष्ट देखिएका हुन् । उनले समय पाबन्दी लम्ब्याउँदै जाँदा अर्को वर्ष जिल्ला प्रशासन कार्यालय मै गएर यस्ता कार्यक्रम त गर्न लगाउने हैन ? भन्दै व्यङ्ग्य गरेका छन्

उनी लेख्छन्. ‘अर्को साल देखि देउसी र भैलिनीलाई सिडिओ कार्यालयले यस्तो सूचना दिन सक्छ …”हामीलाई सुरक्षा व्यवस्था मिलाउन ज्यादै गारो भएकोले घर घरमा गएर देउसी नखेली , सिधै सिडिओ कार्यालयमा आएर देउसी खेल्न अनुरोध गरिन्छ ! शुभकामना!!!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =