अनुपम खेरले पशुपतिमा भेटिएकी बालिकालाई पढाउने

काठमाडौँ । बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको अध्यापनको जिम्मा लिएका छन् । छायांकनका लागि नेपाल आएको समयमा उनले उक्त बालिकालाई भेटेका थिए ।
अङ्ग्रेजी राम्रो बोल्ने उक्त बालिका भारतको राजस्थानकी हुन् ।उनलाई पढाइमा रुचि भए पनि गरिबिको कारण पढ्न नपाएको अनुपमसँगको कुराकानीमा बताएकी थिइन् ।
अनुपमको ‘अनुपम केयर्स’ अनुपम खेर फाउन्डेसनले उनको सम्पूर्ण शिक्षा दीक्षाको जिम्मेवारी लिएको सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जानकारी दिएका हुन् ।
मुझे आरती काठमांडू में एक मंदिर के बाहर मिली।ये वैसे राजस्थान से है! उसने मुझसे कुछ पैसे माँगे! फिर मेरे साथ 1 फ़ोटो खिंचवाई।इसके बाद बहुत ही फ़र्राटेदार इंग्लिश में बात की। ये स्कूल जाकर पढ़ना चाहती है। @anupamcares ने इसकी पढ़ाई कि ज़िम्मेदारी ली है!🙏🌺 #AnupamKherFondation pic.twitter.com/5CLE3Jb62U
— Anupam Kher (@AnupamPKher) November 2, 2021








