कोप-२६ मा नजानु सीको ठूलो गल्ती : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोप २६ सम्मेलनमा चीनले सहभागिता नजनाउनु ठूलो गल्ती भएको औंल्याएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २६ मा सहभागी हुन नआएकोमा राष्ट्रपति बाइडेनले चीनसँगै रुसको पनि आलोचना गरेका छन् ।

यो सम्मेलनमा नेपालसहित विश्वका १२० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी छन् । तर हरितगृह ग्यास उत्सर्जनमा ठूलो भूमिका रहेका देशमध्ये चीन र रुसका नेताहरू भने सहभागी छैनन् । यसपछि बाइडेनले स्कटल्यान्डको ग्लास्गोबाट सम्मेलनलाई सम्बोधन गर्दै दुई देश र त्यहाँका नेताहरूकाे आलोचना गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्मेलनमा आएका छैनन् । जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरणका लागि सन् २०१५ मा भएको पेरिस सम्झौतापछिको महत्त्वपूर्ण मानिएको छ ।

मंगलबार राति आफ्नो सम्बोधनको क्रममा बाइडेनले जलवायु निकै ठूलो र महत्त्वपूर्ण मुद्दा रहेको तर चीनले बेवास्ता गरेको आरोप लगाएकाे समाचार साउथ चाइना मर्निङ्ग पाेस्टले लेखेकाे छ । यस्तै रुस र राष्ट्रपति पुटिनको व्यवहार पनि त्यस्तै रहेको राष्ट्रपति बाइडेनको भनाइ थियो ।

बाइडेनले आफूलाई विश्वको नेतृत्वकर्ता दाबी गर्ने चीन मानव समुदाय र पृथ्वीकै लागि महत्त्वपूर्ण विषयको छलफलमा उपस्थित नै नभएको बताए । उनले कोप २६ मा नआएर चिनियाँ राष्ट्रपति सीले ठूलो गल्ती गरेको बताए ।

जलवायु परिवर्तनको कारक हरितगृह ग्यास कार्बनडाइक्साइट सबैभन्दा बढी उत्सर्जन गर्ने देश चीन हो । त्यसपछि अमेरिका, रुस, यूरोपियन युनियन र भारत पर्छन् ।

याे पनि:

कोप-२६ मा देउवाकाे सम्बाेधन- ‘सगरमाथा संवाद चाँडै गर्छाैँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *