कोप-२६ मा देउवाकाे सम्बाेधन- ‘सगरमाथा संवाद चाँडै गर्छाैँ’

काठमाडौँ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा सहभागी हुन स्कटल्याण्ड पुगेका प्रधान मन्त्री शेरबहादुर देउवाले नेपालले सगरमाथा संवादको आयोजना चाँडै गर्ने बताएका छन् । जलवायु परिवर्तनसँग नेपाल जानकार रहेको भन्दै प्रधान मन्त्री देउवाले त्यसैगँसग सम्बन्धित सम्मेलन ‘सगरमाथा संवाद’ चाँडै आयोजना गर्ने बताएका हुन् ।

सगरमाथासहित हिन्दुकुश हिमालय क्षेत्रको जलवायु असरबारे विश्वलाई सन्देश दिन सगरमाथा संवाद आयोजना गर्ने प्रधान मन्त्री देउवाको भनाइ थियो । उनले भनेका थिए— ‘विश्व तापमान १.५ डिग्रीभित्रै सीमित राख्न सकिए पर्वतीय क्षेत्रका बासिन्दाको जनजीवनलाई जोगाउन सकिन्छ ।’

०७६ चैतमा गर्ने भनिएको सगरमाथा संवाद कोरोनाभाइरसको ‘इन्ट्री’ पछि फागुन १८ गते स्थगित गर्ने निर्णय सरकारले गरेको थियो । त्यसयता सगरमाथा संवाद आयोजना गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *