चलचित्र ‘ओभर डोज’ को प्रदर्शन मिति तय

काठमाडौँ । चलचित्र ‘ओभर डोज’ मङ्सिर १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको हो । अमेरिकामै सम्पूर्ण छायांकन भएको चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रेम, रोमान्स र एक्सन समेटिएको चलचित्र सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनिश राज पन्त, सबिन जङ्ग थापा, बिना श्रेष्ठ, स्वामी डी, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्र जीवन कुमार केसीले निर्माण गरेका हुन् । चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन रहेको छ ।

कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्र जी.जी ग्रुप उपत्यका र एफ.डी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *