चलचित्र ‘कठपुतली’को मोसन पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कठपुतली’को मोसन पोस्टर सार्वजनिक भएको छ । हरर चलचित्रको पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउन सफल भएको छ । पृष्ठभूमिमा महिलाको डरलाग्दो आवाज सुन्न सकिन्छ ।

गत महिना मात्र अमेरिकाको इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा दुईवटा अवार्ड जितेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ ।

भीमसेन लामाले निर्देशन गरेको यस चलचित्रलाई पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताए । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *