५० दिनमा सकियो चलचित्र ‘म राजेश हमाल’को छायांकन

काठमाडौँ । चलचित्र ‘म राजेश हमाल’ को छायांकन सकिएको छ । पचास दिनको निरन्तर छायांकनपश्चात् प्याक अप गरिएको निर्माता केदार भुसालले मकालुखबरलाई जानकारी दिएका हुन् । चलचित्रको अधिकांश भागको छायांकन धनगढी आसपास गरिएको हो ।

राजेश हमालको भावनात्मक योगदानलाई न्याय दिलाउने गरी चलचित्र निर्माण गरिएको निर्माण टीमको दावी छ ।

विक्रम लामा निर्देशित चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, एवन राज उप्रेती, सन्जोग रसाइली, महेश त्रिपाठी , अस्मिता लामिछाने लगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *