कोप-२६ सम्मेलनमा ५ नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौँ । विश्व जलवायु सम्मेलन (कोप-२६)मा पाँच नेपाली चलचित्र प्रदर्शन गरिने भएको छ । जलवायु परिवर्तनको विषयमा निर्माण भएका चलचित्र स्कटल्यान्डको ग्लास्गोमा भइरहेको सम्मेलनमा देखाइने भएको हो ।

सोमबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा पाँचवटा चलचित्रको नाम घोषणा गर्दै निर्मातालाई पुरस्कृत गरिएको थियो । मुलुकभरबाट प्राप्त ५० वटा चलचित्रमध्ये १५ वटा छनौट गरिएकोमा उत्कृष्ट पाँच घोषणा गरिएको हो ।

छनौट भएका चलचित्र एक कृषकका एक पाइला, प्लास्टिकलाई नाइँ भनौँ, कम भविष्य, हिमालयमा जलवायु परिवर्तन र म हनुमन्ते हुँ रहेका छन् । ब्रिटिस काउन्सिल र बोर्डले ‘क्यामेरा सिक’ कार्यक्रमअन्तर्गत १८ वर्षमुनिका चलचित्र निर्माताबाट आवेदन मागेका थिए ।

निर्णायक समूहले जलवायु परिवर्तनबारे फिल्म बनाउन १० किशोर छनौट गरेको थियो । उत्कृष्ट हुनेलाई डेढ लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *