प्रहरीले दुर्व्यवहार गरेको डान्सर सुशान्त खत्रीको आरोप

काठमाडौँ । स्ट्रिट डान्सर सुशान्त खत्रीले आफूमाथि नेपाल प्रहरीले दुर्व्यवहार गरेको बताएका छन् । आइतबार राति ‘हलोईन’ मनाउन उनी आफ्ना केही साथीसँग ठमेलको एलओडी क्लब पुगेका थिए ।

क्लब बन्द गर्ने समय भएको थियो । सोह्र खुट्टे प्रहरीले क्लब बन्द गराउन आएको समयमा उनलाई घिसारेर बाहिर ल्याएर थप्पड हानेको सुशान्तले बताएका छन् । उनले बिल तिर्न बाँकी छ भनेर बताउँदै गर्दा समेत घिसारेर बाहिर ल्याएको उनको आरोप छ ।

बाहिर ल्याएर प्रहरी भ्यानमा राखेर उनलाई सोह्र खुट्टे पुर्‍याएको थियो । उनलाई मोबाइलसमेत प्रयोग गर्न नदिएको र एक घण्टासम्म ‘जेल’मा राखेको उनी स्वयंले सामाजिक सञ्जालमा लाइभ आएर बताएका छन् ।

उनले यस विषयमा एक्सन लिने र चुप नबस्ने बताएका छन् । सञ्चार माध्यमसँग समेत कुरा गर्न चाहेको उनले बताएका छन् । उनले आफू सुत्न नसकेको बताउँदै १२ वर्षदेखि देशका लागि नाम राख्ने काम गरेकोमा अहिले आएर थप्पड नतिजा पाएको बताएका छन् ।

भारतीय डान्स रियालिटी शोहरूमा धेरै पटक भाग लिएका सुशान्तलाई ती शोहरूले नै दर्शकमाझ परिचित बनायो । हाल उनी भारतमा नै रहेर डान्सरको रूपमा काम गरिरहेका छन् । उनले केही गीत समेत गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =