नाटक लिएर गाउँ गाउँमा ‘सास’को समूह

काठमाडौँ। कोरोना र लकडाउनका कारण थालिएको नाट्य क्षेत्रलाई सहज बनाउनका लागि ‘गाउँ गाउँमा रङ्गमञ्च’ भन्ने नारासहित केही रङ्गकर्मीहरूलाई साथ लिएर कलाकार तथा निर्देशक ठण्ड बहादुर अधिकारी (सास)ले देशका विभिन्न स्थानहरूमा नाटक मञ्चन गर्न सुरु गरेका छन् ।

पुराना रङ्गकर्मी प्रह्लाद खरेल,विश्वमणि घिमिरे, मञ्जु गिरि, शान्ति भट्टराई, शशी शेखर बुढाथोकी, अशोक पहरी सँगै भर्खरै नाट्य क्षेत्रमा प्रशिक्षण लिएर आएका प्रीति भुजेल, पूर्णिमा थामी, रुपा शाहीलगायतको समूह नाटक देखाउँदै गाउँ गाउँ पुगेका हुन् ।

सुरुवातको चरणमा तीन नाटक भाउजूको व्यथा, आरुवारिको फुल, नाङ्गो बस्ती ललितपुर,भक्तपुर र काभ्रेका विभिन्न स्थानमा मञ्चन गरिने छ । त्यसपछि तिहार लगत्तै अन्य नाटकको तयारी गरेर नेपालका विभिन्न जिल्लाहरूमा मञ्चन गरिने लेखक तथा निर्देशक विश्वमणि घिमिरेले बताए ।

नाटक नाङ्गो बस्ती रङ्गकर्मी प्रह्लाद खरेलले लेखेका हुन् भने आरु बारीको फुलका लेखक भीष्म राज फुलारा हुन् । ‘अझै पनि दर्शकहरू हलमा आएर नाटक हेर्न डराइ रहेका छन् । त्यसैले गाउँ गाउँमा रङ्गमञ्च अभियानले फेरि दर्शकलाई नाटक हेर्न बानी पार्नेछ र नाट्य क्षेत्र चलायमान हुने छ’ रङ्गकर्मी प्रह्लाद खरेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =