टीभीएस रेडरको बुकिङ सुरु, मूल्य २ लाख ४८ हजार

काठमाडौँ । नेपाली बजारमा टीभीएस रेडर १२५ मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल माध्यमबाट कार्यक्रम गरी औपचारिक रुपमा बुकिङ सुरु गरेको जनाएको छ ।

दसैंको समयमै नेपाली बजारमा उपलब्ध गराउने चर्चा चले पनि हालै मात्र यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएको छ । यद्यपि भारतीय बजारमा बिक्री हुने भन्दा केही फरक फिचर सहित यो नेपाली बजारमा उपलब्ध भएको छ ।

भारतीय बजारमा एफआई इन्जिनयुक्त टीभीएस रेडर १२५ उपलब्ध भइरहेकोमा नेपाली बजारमा भने यो कार्बुरेटर इन्जिनयुक्त छ । त्यसले गर्दा यसमा राइडिङ मोड पनि छैन ।

नेकेड स्ट्रिट डिजाइनको यो मोटरसाइकलमा एनिमालिस्टिक हेडल्याम्प, सिग्नेचर मोनोग्राम आदि उपलब्ध छ भने फर्स्ट इन क्लास अन्डर सिट स्टोरेज समेत छ । यसमा फाइभ स्टेप एड्जस्टेबल मोनोसक सस्पेन्सन, सिंक्रोनाइज्ड ब्रेकिङ पर्फमेन्स र फराकिला टायर छन् ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

टीभीएस रेडर १२५ को मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *