खैरो हिरोइनसहित तीन जना पक्राउ
२०७८ कार्तिक १४ गते

धनगढी । कैलालीको धनगढीबाट लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नं १ बुद्धमार्ग चोकबाट वडा नम्बर ८ का १९ वर्षीय आदर्श कुँवर, सोही ठाउँका २४ वर्षीय बसन्त चौधरी र वडा नम्बर ६ का १८ वर्षीय हिमाल शाहीलाई शनिवार बेलुका पक्राउ गरेको हो ।
शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम १०० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
पक्राउ परेका तीनै जनामाथि लागु औषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
२०७८ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








