हिम्मतिला हिक्मत

काठमाडौँ । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उत्कृष्ट ४ मा पर्न सफल प्रतिस्पर्धी हुन् हिक्मत महरा । टप ३ मा पर्ने प्रतियोगीले विभिन्न पुरस्कार पाउँदै गर्दा हिक्मतको हात भने खाली नै रह्यो ।

रियालिटी शो जिताउन चाहिने भोटका लागि प्रतियोगीले लगानी गरेकै हुन्छन् । उनले खुलेर यस विषयमा कुरा गर्न नचाहे पनि उनी माथि पनि धेरथोर आर्थिक भार परेको अनुमान लगाउन सकिन्छ । आफू स्वयमले भन्दा पनि साथी भाइ शुभचिन्तकले भोट गरेको बताउने उनी आर्थिक भारबारे कुरा कोट्याउँदा ‘यो पनि भन्ने र ?’ भन्दै तर्किन्छन् । ‘जे भयो भयो । बिस्तारै मिलाउँदै जाने हो’ उनले आर्थिक विषय भन्दा धेरै च्याम्पियनले आफूलाई दिएको चिनारीको महत्त्व बढी भएको बताए ।

दर्शकले अब हिक्मतलाई कहाँ भेट्ने त ? भन्ने प्रश्नमा उनी ‘आफू स्वयमले नै दर्शकमाझ रहने गरी काम गर्नुपर्ने’ बताउँछन् । दर्शकले आफूमाथि गरेको लगानीलाई मध्यनजर गरेर पनि उनी कमेडी नै गर्ने बताउँछन् ।

कोरोनाका कारण अहिले मेला महोत्सव ठप्पप्राय छन् । तर दसैँ तिहारको माहोलमा भने उनी केही व्यस्त देखिएका छन् । कार्यक्रम भएर मात्रै पनि हुँदैन उनी ‘आफूलाई आयोजकले कत्तिको सम्झिनुहुन्छ’ भन्ने विषयले आफूलाई आउने काम निर्धारण हुने बताउँछन् ।

जति नै प्रभाव पर्दैन भने पनि हारको प्रभाव उनमा पनि परेकै छ । यही कारण उनलाई सामान्य बन्न केही समय लाग्यो । के गर्ने भनेर बाटो पहिल्याई नसकेपनि उनी केही न केही गरेर दर्शक समक्ष रहिरहने बताउँछन् । चलचित्र क्षेत्रमा काम गर्ने विषयमा उनी ‘कसैले यसले गर्न सक्छ भन्ने सोच्नुहुन्छ र अवसर दिनुहुन्छ भने गर्न सक्छु’ भन्ने आत्मविश्वास व्यक्त गर्छन् ।

उनी पहिलो पटक कमेडी गर्न स्टेज टेकेको च्याम्पियनमै हो । यसअघि उनको कमेडी क्षेत्रमा कुनै अनुभव नै थिएन । पहिलो पटक स्टेज चढ्दा गाह्रो हुने नै भयो । अचानक कमेडीमा आउँदा केही अप्ठ्याराहरू पनि थिए । उनी विजेता बन्छु भन्ने सोचेर पनि सहभागी भएका थिएनन् । एउटा लेभलमा पुगेर केही छाप छोड्ने हिम्मतसहित हिक्मत स्टेज चढेका थिए । त्यही अनुरूप उनी दर्शक माझ चिनिएका पनि छन् ।

जति नै प्रभाव पर्दैन भने पनि हारको प्रभाव उनमा पनि परेकै छ । यही कारण उनलाई सामान्य बन्न केही समय लाग्यो । के गर्ने भनेर बाटो पहिल्याई नसकेपनि उनी केही न केही गरेर दर्शक समक्ष रहिरहने बताउँछन् । चलचित्र क्षेत्रमा काम गर्ने विषयमा उनी ‘कसैले यसले गर्न सक्छ भन्ने सोच्नुहुन्छ र अवसर दिनुहुन्छ भने गर्न सक्छु’ भन्ने आत्मविश्वास व्यक्त गर्छन् ।

भर्खरै यात्रा शुरु गर्दै गरेकाले पनि अहिले नै महत्त्वाकाङ्क्षा पाल्न नहुने उनको बुझाइ छ । ‘म यता जान्छु, यता जाँदिन, यो मात्रै गर्छु, यो गर्दिन भन्ने स्थानमा म पुगिसकेको छैन । आएका अवसरहरूलाई आफूले पूर्ण मेहनतका साथ काम गर्दै जाने हो ।‘हिक्मतले बढो सुझबुझपूर्ण उत्तर दिए ।

हिक्मतले युट्युब च्यानल खोलेका छैनन् । उनको योजना आफ्नै अनुहार मात्रै बिकाउने पनि छैन । केही कन्टेन्टसहित आउन सक्ने उनी बताउँछन् । युट्युब खोलेर पनि के भिडिओ हाल्ने भन्ने प्रश्नले उनले च्यानल सुरु गरिहाल्न सकेका छैनन् ।

हिक्मत हास्य कलाकार बने । तर उनलाई अरूको झैँ सानैबाट आफू यो क्षेत्रमा लाग्छु भन्ने थिएन । किनकि उनले कमेडी चिन्न लामै समय पर्खिनुपर्‍यो । ‘जुन विषयको जानकारी मलाइ छैन म त्यो क्षेत्रमा जान्छु भन्ने त कसरी हुन्छ र?’ उनी भन्छन् । उनले मनोज गजुरेल, केदारप्रसाद घिमिरे र मह जोडीको अधिकांश प्रस्तुति हेरेका छन् । उनलाई कमेडीतर्फ आकर्षण गर्ने अनुहार पनि यी नै हुन् । उनलाई अहिलेको पुस्ताका कमेडियनहरुबाट समेत आफूले सिक्न धेरै बाँकी छ भन्ने लाग्छ ।

च्याम्पियनमा प्रस्तुति दिँदै गर्दा एक बिन्दु आएर उनको प्रस्तुति बिग्रियो । उनी आउट पनि भए । तर ‘वाइल्ड कार्ड इन्ट्री’ मार्फत फेरि फर्किए । तर उनलाई स्वास्थ्यले साथ दिएन । एकातर्फ वाइल्ड कार्ड मार्फत पाएको मौका र अर्कोतर्फ स्वास्थ्यले साथ नदिएर प्रस्तुति बिग्रिँदै जाँदा दुखी पनि भए । तर दुख देखाउन चाहँदैनन् हिक्मत । त्यसैले उनले आफूलाई समस्या परेको टिम मै पनि जानकारी दिएनन् । कोरोना सङ्क्रमणमा परेका उनलाई बिर्सिने समस्या आएको थियो । एउटा लेखेर गयो प्रस्तुतिका बेला उनी स्क्रिप्ट नै बिर्सिन्थे । उत्कृष्ट ७ बाट ६ मा जाँदा र ६ बाट ५ मा पुग्दा उनलाई यो समस्याले धेरै सताएको थियो । यो क्रम प्रतियोगिता भरी नै रहेको र अहिले बल्ल पूर्ण रूपमा ठिक भएको उनी बताउँछन् ।

उनले मनोज गजुरेल, केदारप्रसाद घिमिरे र मह जोडीको अधिकांश प्रस्तुति हेरेका छन् । उनलाई कमेडीतर्फ आकर्षण गर्ने अनुहार पनि यी नै हुन् । उनलाई अहिलेको पुस्ताका कमेडियनहरुबाट समेत आफूले सिक्न धेरै बाँकी छ भन्ने लाग्छ ।

उनीमाथि भोटको मात्र भरमा अघि बढेको आरोप पनि लाग्यो । यस विषयमा पनि उनी निर्धक्क भन्छन्,’रियालिटी शोमा एउटा बिन्दुमा पुगेपछि प्रस्तुति जति नै राम्रो भए पनि भोट नआए बाहिरिने पक्का हुन्छ ।‘ हुन पनि उनलाई अन्तिममा भोटले नै बाहिरिन बाध्य बनायो ।

बाल्यकाल उनको बैतडीमा बित्यो । ७ कक्षासम्म बैतडीमै पढे । त्यहाँ उनले कमेडीका विषय देखेकै थिएनन् । तर कञ्चनपुर झरेपछि बिस्तारै कमेडी हर्दा, सुन्दा उनको यसप्रतिको आकर्षण बढ्यो । आकर्षण बढ्दै जाँदा उनलाई ‘कसरी’ यो क्षेत्र प्रवेश गर्ने भन्ने प्रश्नले सतायो । यसको समाधान बनेर कमेडी च्याम्पियन आयो । उनी सहभागी भए र टप ४ सम्म पुग्न सफल भए । यहीबाट नै उनको ‘हिक्मत’ नाम कमेडीको क्षेत्रमा केही परसम्म पुग्न सफल भयो ।

कञ्चनपुरबाट उनले व्यवस्थापन सङ्कायमा स्नातक सम्मको अध्ययन गरे । सामान्य परिवारका उनलाई खाना लाउन नै समस्या भने थिएन । तर आफ्नो बाटो समाउन मध्यमबर्गीय परिवारका अन्य व्यक्तिले गर्ने झैँ सङ्घर्ष भने गरेका छन् । उनलाई लाग्छ जागिर खानदेखि व्यापार गर्न साथै अन्य कुनै पेसामा लाग्न पनि सङ्घर्ष गर्नुपर्छ । र, यो सङ्घर्ष आफ्नै लागि गरेको हुँदा दुनियाँसमक्ष दुःख देखाएर दयाको पात्र बन्न जरुरी छैन । सङ्घर्षलाई जीवनको अपरिहार्य ठान्ने हिक्मतको हिम्मत सलामयोग्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *