अनुपमले लेखे- नेपालमा जीवन परिवर्तनको अनुभव भयो

काठमाडौँ । गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म ‘उँचाइ’ को छायांकन भइरहेको थियो । फिल्म युनिटले सेप्टेम्बर २८ मा पहिलो सेड्युल सकाएको छ । पहिलो सेड्युल अन्तर्गत दुई दिन काठमाडौं र बाँकी समय नेपालको हिमाली जिल्लामा छायांकन गरिएको हो ।

गत बिहीबार नेपाल सेड्युल ‘इन्ड क्ल्याप’ गरेको फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी भारत फर्किसकेका छन् । हिमाली भेगतर्फ लुक्ला र नाम्चेको सुन्दरता कैद गरेपछि फिल्मका कलाकार अनुपमले नेपालको सुन्दरताको प्रशंसा गरेका छन् ।

सोसल मिडियामार्फत नेपालको सुन्दरताबारे आफ्ना फ्लोअर्सलाई जानकारी दिइरहेका अनुपमले एक स्ट्याटस पोस्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा बितेको २७ दिनमा जीवन परिवर्तनको अनुभव भएको जनाएका छन् । ‘मलाइ मेरो क्षमतालाई चुनौती दिन र आफूलाई पुनः आविष्कार गर्न उत्प्रेरित गर्‍यो । अभिनेता र व्यक्तिगत दुवै रूपमा,’ अनुपमले लेखे ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पाको पनि अभिनय रहेको छ। यद्यपि नेपालमा अमिताभ बच्चन आएनन् । स्वास्थ्यले साथ नदिएका कारण उनी आउन नसकेको बताइएकाे छ । चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले निर्वाह गरेका थिए । बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *