वर्षाको ‘मनसँग मन’ चलचित्रको गीत सार्वजनिक

काठमाडौँ । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा रहेको ‘टपक्कै सयपत्री’ बोलको मारुनी गीत सार्वजनिक भएको हो । गीतमा भावना थापाको स्वर र अमोङ गुरुङको शब्द तथा संगीत छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडिओमा वर्षा सिवाकोटीले मारुनी नाचमा कम्मर मर्काएकी छन् ।

चलचित्रमा वर्षासँगै पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा समेत निर्देशक राईले तयार पारेका हुन् । द्वन्द्व निर्देशन सन्तोष खवासको छ । चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *