आर्याश र अनुश्रीलाई उपाधि
२०७८ कार्तिक १२ गते

काठमाडौँ । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यू– ८ को शुक्रबार भएको फाइनलमा केटातर्फ आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधी चुमेका हुन् ।
यस्तै केटीतर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा पराजित गर्दै जित हात पारेको आयोजकले जनाएको छ ।
२०७८ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








