कीर्तिपुरमा महर्जन समूहको नयाँ हल सञ्चालनमा

काठमाडौँ । कीर्तिपुरमा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । निर्माता नरेन्द्र महर्जन र उनको समूहले ठूलो लागतमा निर्माण गरेको ‘कीर्तिपुर सिनेप्लेक्स’ को शुक्रबार औपचारिक रुपमा उद्घाटन गरियो ।

नेपाल भाषाको चलचित्र ‘हिसिमति’ र हलिउड चलचित्र ‘भेनम’ प्रदर्शन गर्दै सञ्चालनमा आएको हलमा अर्को हप्ताको शुक्रवारबाट बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज हुनेछ । हलमा एकसाथ २ सय ८५ जना दर्शकले फिल्म हेर्न सक्नेछन् ।

लुट चलचित्र निर्माता महर्जन हेटौंडामा रहेको ओम्याक्स हल र सर्लाहीको लालबन्दीस्थित विणा चलचित्र मन्दिरका समेत सञ्चालक हुन् । फिल्म निर्माण र वितरणमा लामो समय यता सक्रिय उनले ‘लुट’ सँगै ‘मिसन पैसा २ : रिलोडेड, संरक्षण, फन्को, लभ सभ र लुट २ को निर्माण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =