बार एसोसिएसन परिसरमै अधिवक्ताबीच कुटाकुट (भिडिओसहित)

काठमाडौँ ।  नेपाल बार एसोसिएसनको भवन परिसरमै दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्चका इजलास चल्नुपर्ने धारणा राख्दै गरेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि हात हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही कानून व्यवसायीले छुट्याउन खोज्दा खोज्दै न्यौपानेले घाँटीमा अठ्याउँदै ठेल्दै लगेर चुँडाललाई गालामा थप्पड हानेको भिडियोमा देखिन्छ । त्यसपछि चुँडालले पनि न्यौपानेलाई लात्ती हानेका छन् ।

न्यौपानेले पछि पनि झम्टेर फेरि हातपात गरेको भिडियोमा देखिन्छ । पछिल्लो समय प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *