पत्रकार सुवेदीलाई पुरस्कार

काठमाडौँ ।अधिराज्य मिडिया नेटवर्कले आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ मा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ । लामो समययता चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागेका हुन् ।

गीत संगीत तथा चलचित्र सम्बन्धी विभिन्न ४४ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम कार्तिक २५ गते राजधानीमा हुने छ । कार्यक्रममा गीत संगीतका ३० र चलचित्रका १४ गरी जम्मा ४४ विधामा अवार्ड प्रदान गरिनेछ । प्रतिस्पर्धात्मक तथा जुरी अवार्डसँगै गीत संगीत तथा चलचित्रका स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =