डिसहोममा ‘डाँडाको वरपीपल’

काठमाडौँ । हलमा फ्लप चलचित्र ‘डाँडाको वरपीपल’ आज (बिहीबार) बाट डिसहोममा प्रशारण हुने भएको छ । चलचित्र डिसहोमको च्यानल नम्बर ८८८ मा रिलिज हुनेछ । लक्ष्मीपूजाको दिनबाट चलचित्र अन्य प्ल्याटफर्ममा समेत आउने भएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदीप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मि भट्ट, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजिटल प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोती कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *