सर्वोच्चमा ७ सय बढी मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘निकास दिनुपर्ने’ भन्दै न्यायाधीशहरूले इजलासमा नगएपछि ३ दिनमा सर्वोच्च अदालतका ७ सय भन्दा धेरै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार सोमबार, मंगलबार र बुधबार गरी ७ सय १० वटा मुद्दाको सुनुवाई हुनुपर्ने थियो । तर, ती कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेन । ‘सोमबार २१६ वटा पेसीमा सुनुवाइ भएन,’ प्रवक्ता दाहालले मकालुखबरसँग भने, ‘त्यसैगरी मंगलबार र बुधबार क्रमशः २१६ र २७८ वटा पेसीमा सुनुवाइ हुन सकेन । श्रीमान्ज्यूहरूको बहिष्कार कारण यो भएको हो ।’

सर्वोच्चका १८ जना न्यायाधीशहरू, प्रधान न्यायाधीश जबराले सरकारमा भागबन्डा खोजेको पुष्टि भएको भन्दै उनले निकास नदिएसम्म इजलासमा भाग नलिने भन्दै ३ दिनदेखि इजलासमा गएका छैनन् ।

आफ्नै सहकर्मीका साथै पूर्वप्रधान न्यायाधीशहरू, कानून व्यवसायीलगायतले पनि राजीनामा दिनुपर्ने बताएपनि प्रधान न्यायाधीश जबराले भने राजीनामा नदिने अडान लिइरहेका छन् ।

आफू विधि र प्रक्रियाबाट आएकाले त्यसैअनुसार मात्र बहिर्गमन हुने उनको जिकिर छ । उनले भनेका छन्, ‘म संवैधानिक विधिबाट आएको हुँ । जाँदा पनि संवैधानिक प्रणालीमार्फत नै जान्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *