पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला

काठमाडौँ । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

केन्द्रीय सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । यहीअनुरूप बागमतीमा पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

एकीकृत समाजवादी सांसद माधवप्रसाद पौडेलकाअनुसार पाण्डे बिहीबार अपराह्नसम्ममा मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनेछन् । यसको तयारीमा प्रादेशिक विपक्षी गठबन्धन जुटेकाे छ । ‘यसअघि नै पनि सहमति जुटिसकेको छ,’ पौडेलले मकालुखबरसँग भने, ‘गठबन्धनमा रहेका अन्य दलहरूको सहमतिमा यहाँ सरकार गठन हुँदैन । यसको तयारी भइरहेको छ । अब भोलिसम्ममा उहाँ (राजेन्द्र पाण्डे) मुख्यमन्त्रीमा नियुक्त भइसक्नुहुन्छ ।’

बिहीबार नै सानो मन्त्रिमण्डल बन्नेसमेत पौडेलले बताए । ‘भोलि नै बढीमा ४ देखि ५ सदस्यीय मन्त्रिमण्डल पनि बन्नेछ । त्यसपछि थप छलफल र सहमति गर्दै अरु काम हुनेछन् ।’

गठबन्धनको बैठक आजै बस्ने

प्रदेश सरकार गठन गर्नका लागि गठबन्धनको बैठक आजै बस्दैछ । बैठक अपराह्न बस्ने पौडेलले बताए । ‘गठबन्धनको बैठक आजै बस्नेछ,’ पौडेलले भने, ‘बैठकमा मुख्यतः सरकार गठनकै विषयमा छलफल गर्ने र भोलि दिउँसोसम्ममै सरकार गठन गर्ने भन्ने मौखिक सहमति गठबन्धनमा भइसकेको छ ।

प्रदेशमा नेपाली कांग्रेसले पनि सरकार नेतृत्वको पालो खोजेको छ । यस विषयमा पौडेलले भने, ‘त्यो विषयमा छलफल भयो । साथीहरूले भन्नुभएको थियो । त्यसमा पछि पनि थप छलफल होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *