मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबार बसेको प्रदेश सभाबाटै आफूले राजीनामा दिएको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले भनिन्, ‘म सम्झना गर्न चाहन्छु । प्रदेशका माननीयज्यूहरूदेखि जनताहरूले समेत मलाई सहयोग गर्नुभयो । हृदयतः सम्मान गर्न चाहन्छु । आगामी दिनमा सहयोगको भावना नमरोस् । अहिलेलाई मार्गप्रशस्त गरेकाे छु ।’

एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ गत मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन् । उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *