बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
२०८३ जेठ १८ गते

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।
प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
२०८३ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








