प्रधान न्यायाधीशले भने- ‘बन्दी प्रत्यक्षीकरण मै हेर्छु’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्दा आफैँले हेर्ने बताएका छन् ।

बुधबार साढे ११ बजे प्रधान न्यायाधीश जबरालाई भेट्न पुगेको टोलीसँग उनले अन्य न्यायाधीशहरूले नहेरे बन्दी प्रत्यक्षीकरणको मुद्दा आफैँले हेर्ने बताएका हुन् । ‘पेसी चढेका छन्,’ प्रधान न्यायाधीश जबरालाई उद्धृत गर्दै उनलाई भेटेका अधिवक्ता स्वागत नेपालले भने, ‘कमसेकम बन्दी प्रत्यक्षीकरणको मुद्दा आफैँ हेर्छु । न्यायाधीशहरूले हेर्नुभएन भने मै हेर्छु ।’

प्रधान न्यायाधीश जबराले आजका लागि पेसी तोकेका छन् । न्यायाधीशहरू भने इजलास बहिष्कार गरेर बेग्लै बैठकमा छन् । उनीहरूले प्रधान न्यायाधीशले राजीनामा नगरुन्जेल इजलासमा नजाने अडानमा छन् । जसका कारण दुई दिनदेखि सर्बोच्च अदालतमा सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *