तयार हुँदै मखमलीको माला (तस्बिरहरू)

गुण्डु । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्न किसानहरूलाई भ्याई नभ्याई हुन थालेको छ ।

काठमाडौँ उपत्यकाको लागि मखमली फुलको पकेट क्षेत्र मानिने गुण्डुमा हिजोआज हरेक दिन बिहान फूल टिपेर दिउँसो फूलको माला उन्न मै किसानहरू व्यस्त रहन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतिकका रूपमा तिहारको भाइटिकाको दिन दिदी-बहिनीले आफ्नो दाजु-भाइलाई लगाई दिने गर्दछन् ।

किसानहरूले फूल र मालाको आकार-प्रकारको आधारमा यहाँ प्रति गोटा २० देखि ३० रुपैयाँमा मखमली फूलको माला बिक्री गर्दछन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *