गृहले थाल्यो विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श

काठमाडौँ । गृहमन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ । विगतको अनुभव र हाल कार्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको छ ।

सोमबार काठमाडौँमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए । उनले आवश्यकताको आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए । उनले संरचनाहरू नेपालको आवश्यकताअनुसार निर्माण गर्नुपर्ने र समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए ।

विपद्‌मा सबै तहका सरकारको समन्वय र सक्रियताको खाँचो आवश्यक रहेको उनको भनाइ थियो । ‘विपद्सँग जुध्न अधिकार प्रत्यायोजन गरेर मात्रै हुँदैन, सङ्घ एक्लैले गरेर पनि सक्दैन, सङ्घ, प्रदेश र स्थानीयतह सँगसँगै जानुपर्छ,’ गृहमन्त्री खाणले भने ।

मन्त्री खाणले विपद् व्यवस्थापनका विषयमा ऐन, कानूनमा उल्लेख छैन भनेर काम गर्न बिर्सनु नहुने र त्यसप्रति मन्त्रालय सचेत रहेको बताए । विपद्पछिको पुनःनिर्माणमा समन्वय अभाव देखिएको बताए । गृहमन्त्री खाँणले सुरक्षा निकायले जसरी अन्य सरकारी निकाय विपद् व्यवस्थापनमा लागेको नपाइएकाले त्यसतर्फ गम्भीर हुन अग्रहसमेत सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *