रणवीर कपूरलाई रकस्टार निर्देशकको एकसाथ दुई चलचित्रमा अफर

काठमाडौँ । चलचित्र ‘रकस्टार’ निर्देशक इम्तियाज अलिले रणवीर कपुरलाई एकै पटक दुई चलचित्र अफर गरेका छन् । रकस्टारमा रणवीरले गायकको भूमिका निर्वाह गरेका थिए‚ जसलाई रुचाइएको थियो । तर यी दुईको सहकार्य रहेको अर्को चलचित्र ‘तमासा’ सफल हुन सकेन ।

त्यसपछि इम्तियाजले शाहरुख खानसँग ‘जब ह्यारी मेट सेजल’, कार्तिक आर्यन र सारा अलि खानसँग रहेर ‘लभ आजकल’को निर्देशन गरे । तर, दुई चलचित्र नै बक्स अफिसमा सफल हुन सकेन ।

अब पुनः निर्देशकले आफ्नो चलचित्रका लागि रणवीरलाई अफर गरेका हुन् । स्क्रिप्टको काम चलिरहेको दुई चलचित्रमध्ये एक संगीतकार अमरसिंह चम्किलाको जीवनीमा आधारित छ भने अर्को सामाजिक ड्रामा आधारित रहेको बताइएको छ ।

इम्तियाजले दुवै रोललाई रणवीरले न्याय गर्ने भन्दै स्क्रिप्ट दिएका छन् । ‘संजु’पछि आफ्नो करियरलाई माथि पुर्‍याउने चलचित्र छानिरहेका रणवीर र केही समययता दर्शकको विश्वास जित्न नसकेका इम्तियाजबीचको सहकार्यको पर्खाइ दर्शकलाई पनि उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *