भरतमणि भन्छन्- पारस शाह साथीजस्तै

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहलाई भेटेको जानकारी दिएका छन् । शाहको नक्कल गर्दै उनले प्रत्योगितामा दर्शकको मन जितेका थिए भने ‘पर्फमर अफ द राउन्ड’ भएर सिधै फाइनलमा पुग्न सफल भएका थिए ।

सेमिफाइनलमा शाह भेट्ने चाहना राखेका भरतको चाहना विजेता बनेपछि पूरा भएको छ । उनले केही दिनअघि सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै शाहलाई भेटेको बताएका छन् ।

‘नमस्ते ! एकदमै खुसी छु । केही दिनअघि पूर्वयुवराज पारस शाहसँग  भेटघाट गर्ने अवसर मिल्यो,  उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौँ, लगभग १ घण्टाको बसाइमा रमाइलो गफगाफ भयो‚’ उनले लेखेका छन्, ‘उहाँको शुभचिन्तक थिए भेटघाटपछि झन् ठूलो प्रशंसक भए , साच्चै नै भन्ने नै हो भने उहाँ साह्रै रमाइलो साथीजस्तै हुनुहुदो रहेछ । यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाई धेरै धेरै धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *