एमालेको पालिका अधिवेशन आज, ओलीले थापाथलीबाट उद्घाटन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदै छ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । अध्यक्ष-१, उपाध्यक्ष-१, सचिव-१ र उप-सचिव-२ चुनिने छन् ।

गाउँपालिका र नगरपालिकामा, ७५ उप-महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो ।

६ हजार ७४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिए । एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दसौँ राष्ट्रिय अधिवेशन गर्दै छ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *