गीत सार्वजनिक गर्दै ‘चुरीफुरी’ले सुरु गर्‍यो प्रचारप्रसार

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’ को गीत ‘ओइ ओइ पियारी’ सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । दीपक शर्माको सङ्गीतमा तयार गीतमा समीर आचार्य र बेनिशा पौडेलको स्वर रहेको छ ।

भिमफेदी गाइजले कोरियोग्राफी गरेको गीतमा ऋषिराज आचार्य र सङ्गीतकार दीपकको शब्द रहेको छ । पुस ९ बाट प्रदर्शनमा आउने सामाजिक विषयमा कमेडी मिश्रित यो चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ ।

दीपक शर्माको संगीत तथा राहुल राईको छायाङ्कन रहेको चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको चलचित्र वितरणको जिम्मा डिसिएनले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *