नवलको ‘काँडेतार’ मा रेविका र सुरविना

काठमाडौँ । नवल खड्काको निर्देशन रहने चलचित्र ‘काँडेतार’मा नायिका रेविका गुरुङ अनुबन्धित भएकी छन् ।

त्यस्तै यसै चलचित्रsf लागि आज नै खड्काले सुरविना कार्कीलाई अनुबन्धित गरेको जानकारी दिएका हुन् । योसँगै यस चलचित्रको मुख्य भूमिकामा दुई अभिनेत्री फाइनल भएका छन्  ।

चलचित्रका लागि यसअघि नै कलाकार गौरव पहारी, रवीन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की लगायत अनुबन्धित भइसकेका छन् । निर्देशक खड्काको समेत अभिनय रहने चलचित्र खड्काले शङ्कर कार्कीसँग मिलेर बनाउन लागेका हुन् । सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र छिट्टै नै फ्लोरमा जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *