परदेशी बने विपिन कार्की

काठमाडौँ । परदेशी बन्नु कसैको रहर हुँदैन । खाडी मुलुकमा पसिना बगाइरहेकालाई अधिकांशले हेर्ने नजर अझै पनि राम्रो छैन । तर धेरै नेपालीहरू बाध्यताका कारण परदेशी बनिरहेका छन् ।

बिदेसिएसँगै घरका मान्छेको आकाङ्क्षा पनि ह्वात्तै बढेर आउँछ । जस्तै दुखद् अवस्थामा पनि पारिवारिक सपना पूरा गर्नुपर्ने विषयले उनीहरूलाई छाड्दैन । तर गीत ‘परदेशी आयो’मा परदेशीबाट धेरै अपेक्षा नगर्न भनिएको छ ।

केतन क्षेत्रीको स्वर रहेको गीतका शब्द प्रकाश सापकोटाले लेखेका हुन् । सुवास भुसालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । विपिन कार्की, कविता न्यौपाने, सुरवीर पण्डित, शर्मिला शर्मा, देवेन्द्र नेपाल, सिताष्मा दरेललगायतको अभिनय रहेको भिडिओ दीपेश उपाध्याय र दिप्सन डङ्गोलले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडिओ देवेन्द्र नेपालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *