अमृत खातीको ‘तिहारमा देउसी र भैलो’ (भिडिओ)

काठमाडौँ । गायक तथा सर्जक अमृत खातीले तिहार लक्षित देउसी र भैलो बोलको गीत सार्वजनिक गरेका छन् । उनले शुक्रवार सञ्जीव ठकुरीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

गायक खाती र कमल रेग्मीको शब्द तथा खातीकै संगीत रहेको गीतमा गायक खातीसहित अन्य गायक गायिका सुनिता सुनेल, बिक्रम कालिकोटे तथा सुचिता खातीको स्वर छ ।

गीतको एरेन्ज कमल सौरागले गरेका हुन् भने अडियो मिक्सिङ मनोज परियारले गरेका छन् । गीतको भिडियोमा सञ्जीव ठकुरी, इशवरबल्लभ उप्रेती, आशिका खाती र निशा आचार्यसहित गायक गायिकालाई पनि देख्न सकिन्छ ।

हुम गैरेको निर्देशन तथा सञ्जीव ठकुरीकै कोरियोग्राफी रहेको गीतको छायांकन भने बासु बरालले गरेका हुन् । पछिल्लो समय गाउँघरमा मात्रै देखिने देउसी भैलो बिस्तारै लोप हुने अवस्थामा पुगेका बेला यस गीतमा भने निकै मौलिकता झल्किएको छ । लोप हुँदै गएको देउसी भैलो गीतको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले यो गीत बजारमा ल्याएको गायक तथा सर्जक खाती बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *