मलाई अपराधी करार गर्न खोज्नेहरू कम छैनन् : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई अपराधी करार गर्न खोज्नेहरूको संख्या कम नभएको बताएका छन् । आइतबार (आज) ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आफू र आफू नेतृत्वको पार्टीले सधैँ दलित, महिला, आदिवासी जनजाति र पीडित वर्गहरूको कुरा उठाएको र त्यसमा अन्य राजनीतिक पार्टीहरूले प्रतिशोध साँधेको प्रचण्डको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भनेर हामीले बन्दुक बिसायौँ,’ प्रचण्डले भने, ‘त्यसपछि हामीलाई अझ मलाई अपराधी नै हो भनेर करार गर्न ठूलो जमान लागेको छ । यसो गर्नेको संख्या कम छैन । मलाई अपराधी नै हो भनेर करार गर्न खाजेको छन् ।’

यस्तै दुई विमोचित दुई किताबारे बोल्दै प्रचण्डले साहित्यबिनाको राजनीति निरस हुने बताएका । ‘साहित्यबिनाको राजनीति र राजनीतिबिनाको साहित्य निरस हुन्छ,’ प्रचण्डले भने, ‘कुनै न कुनै हिसाबले यी विषयहरू आपसमा जोडिएनन् भने यो आफैँमा निरस हुन्छ ।’

आफू पनि साहित्यको पारखी भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘मलाई पनि खुबै मन पर्ने विधा हो साहित्य । तर जसरी जनयुद्धको नेतृत्व गर्नुपर्ने भयो, त्यसले साहित्यलाई नै अगाडि बढाउन सकिएन । तर, जनयुद्धकै बेला पनि हामीले गीत/संगीत र कविताहरूमार्फत जनतालाई जागरुक बनायौँ । राजनीतिमा आएपछि साहित्यमा लाग्न कहाँ पाउनु । तर पनि साहित्य खुबै रुचाउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *