एमाले अध्यक्ष ओलीले गरे देशभरका वडा कमिटी अधिवेशन उद्घाटन

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडा कमिटीका अधिवेशनको उद्घाटन गरेका छन् । शनिबार भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले वडा अधिवेशनको उद्घाटन गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालयले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ । वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले वर्षातको मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवादसमेत दिएका छन् ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *