अनुपम खेर र नेपालका लागि अस्ट्रेलियाली राजदूतको रोचक संयोग

काठमाडौँ । भारतीय अभिनेता अनुपम खेर अहिले नेपालमा छन् । भारतीय चलचित्र ‘उचाई’को छायाङ्कनको क्रममा नेपालका उच्च हिमाली क्षेत्रहरूमा उनी सक्रिय छन् । केहि हप्ताअघि उनी सगरमाथा क्षेत्र खुम्बुमा थिए ।

उनै खेर र नेपालका लागि अस्ट्रेलियाली राजदूतको रोचक संयोगसमेत जुरेको छ । संयोग के रहेछ भने ३७ वर्षअघि सन् १९८४ मा अनुपम खेर ‘जीवन सन्ध्या’ नामक चलचित्रको सुटिङमा व्यस्त थिए । जुन उनको आफ्नो पहिलो चरणमध्येकै एक चलचित्र थियो । त्यहि चलचित्रमा भारत भ्रमणमा रहेकी एक १९ वर्षीया अस्ट्रेलियाली युवतीलाई सानो भूमिका गर्न आग्रह गरिएको थियो । उनले आग्रह स्वीकारसमेत गरेकी थिइन् ।

No description available.

त्यसको ठीक ३७ वर्षपछि उनै अस्ट्रेलियाली राजदूत र अनुपमको नेपालमा भेट भएको छ । भूमिका भने फरक । अनुपम त्यहि पुरानो चलचित्रकै लाइनमा काठमाडौँमा छन् भने अस्ट्रेलियाली फेलिसिटी भोल्क भने नेपालमा अस्ट्रेलियाको राजदूतको रुपमा रहेकी छन् ।

उनीहरूको भेट भएको तस्बिर दुवैले ट्विटरमा सार्वजनिक गरेका छन् । डिजायर लाइन्स र लाइट्निङ नामक दुई पुस्तक लेखेकी राजदूत भोल्कालाई अनुपमले बधाईसमेत दिएका छन् । उनको हस्ताक्षर भएको एकप्रति पुस्तकसमेत सामाजिक संजालमा अनुपमले सार्वजनिक गरेका छन् ।

No description available.

३७ वर्षपछि भेट भएको भन्दै अनुपमले खुसी व्यक्त गरेका छन् भने भोल्कले समेत मुम्बईमा भूमि सेट क्षेत्रमा भएको भेटपछिको यो दोस्रो भेट भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *