१० बुँदे कार्यान्वयन कार्यदलबाट रावलले दिए राजीनामा

काठमाडौँ । नेकपा (एमाले) मा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट पार्टी उपाध्यक्ष एवम् कार्यदल संयोजक भीम रावलले राजीनामा दिएका छन् । रावलले शुक्रबार (आज) बसेको स्थायी कमिटी बैठकमा सोको घोषणा गरेका हुन् ।

राजीनामापत्र भने भोलि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाउने रावलले जानकारी दिएका छन् । ‘मैले घोषणा गरिसकेको छु,’ बैठकपछि रावलले भने, ‘यसको आधिकारिक पत्र म भोलि अध्यक्षलाई पठाउँछु । यसको कुनै औचित्य रहेन ।’

१० बुँदे कार्यान्वयनको क्रममा धेर विलम्ब भइसकेको रावलले भनाइ थियो । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ,’ रावलले थपेका छन् ।

रावलले १० बुँदे सहमतिका प्रस्तावना र अपानि १२अनुसार पार्टीले कार्यान्वयन गरेको भन्दै फरक मतसमेत राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *