एमाले महाधिवेशन चितवनमै हुने, थापाको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमै गर्ने बिहीबार (आज) बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

यस्तै आजको बैठकले महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । एमाले सचिव प्रदीपकुमार भट्टराईले भने, ‘महाधिवेशन चितवनमै हुने भएको छ । आजको बैठकले यो निर्णय गरेको हो । साथै मूल व्यवस्थापन कमिटीसमेत गठन भएकाे छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले थापाको संयोजकत्वमा समिति गठन गरेको हो । यसलाई अर्थपूर्ण रूपमा लिएको छ । थापा पूर्वमाओवादी नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *